शुक्रबार, साउन २९, २०८३

गर्मी छल्न खोलामा पसेका शिक्षकको ज्यान गयो

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

गर्मी छल्न खोलामा पौडिन गएका एक शिक्षकको डुबेर मृत्यु भएको छ।

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकास्थित अरुणखोलाको मुखेढुंगा दहमा पौडिन गएका देवचुलीका शिक्षक कृष्ण सुवेदीको डुबेर मृत्यु भएको हो। उनीसँगै अन्य ६ शिक्षक पनि खोलामा पौडिन गएका थिए।

प्रहरीका अनुसार सुवेदीको शव अस्पताल पठाइएको छ र घटनाको अनुसन्धान भइरहेको छ। सुवेदी मध्यविन्दु नगरपालिका वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षक हुन्।

प्रकाशित: Jun 12, 2023| 07:26 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्