शुक्रबार, साउन २९, २०८३

नाला सफा गर्दा बन्दुकको गोली फेला परेपछि...

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ। 

महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको चार राउण्ड, हर्नेटको १७ राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कूल एक सय पाँच राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए। 
 

प्रकाशित: Jun 12, 2023| 07:15 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्