NadaNada
शनिबार, भदौ ७, २०८२

के माधव नेपालले सरकार छोड्दैछन्?  

अध्यक्ष नेपालले भने- आजको स्थितिमा यस्तो अन्यायपूर्ण व्यवहा सह्य हुँदैन। आजको जनता २०४८ सालको जनता होइन। सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन।
 |  आइतबार, जेठ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

vianetvianet

काठमाडौं- पुस १० गते बनेको गठबन्धन भत्काएर नयाँ सरकार गठन भएपछिको प्रमुख सत्ता घटक नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले आफू सरकार छोड्न तयार रहेको अभिव्यक्ति दिन थालेका छन्। सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत भएपछि र प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डको भारत भ्रमणपछि नेकपा एकीकृत समाजवादीका नेताहरु सरकारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भइरहेका छन्। 

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताएका हुन्।
यद्यपी नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन्। सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा आशंंका उत्पन्न भएको छ।  

अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए।   

अस्ट्रेलिया भ्रमण सकेर फर्किएका अध्यक्ष नेपालले बजेट कुनै हालतमा पास हुन नदिने बताएका हुन्। जेठ २६ गते काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बजेट असन्तुलित भएको उल्लेख गर्दै पास हुन नदिने बताएका हुन्।

'हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौं। अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ। यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन,' उनले भने, 'हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।'

Metro Mart

उनले बजेटलाई डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रिकृत गरेको आरोप पनि लगाएका छन्। डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो भने गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो। यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोटबाट समानुपातिक सांसद हुन्।

नेता नेपालले भने, 'आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन। १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन। आजको जनता २०४८ सालको जनता होइन। अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ। सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन।'

त्यसअघि अस्ट्रेलिया भ्रमण सकेर फर्किएपछि जेठ २४ गते सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणले थुप्रै प्रश्‍न जन्माएको बताएका हुन्। उनले भने, 'प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन्। त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो कि होइन, प्रश्‍नहरु जन्माएको छ। यसबारे सबै कुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरुसँग भेटेर कुरा गर्नेछु।'

उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन पनि आह्वान गरेका छन्। जेठ २६ मा शनिबार भक्तपुरमा पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपालले सबै मिलेर अघि बढ्ने हो भने नेकपा ब्युँताउन आफू तयार रहेको बताएका हुन्।

'कमरेड विप्लव, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौँ। छिटै मिलेर अघि बढ्ने सोच बनाएका छौँ। त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन,' अध्यक्ष नेपालले भने, 'प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिस्ट पार्टी फेरि ब्युँताऔँ।'

त्यसैगरी नेकपा एसका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले पनि अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका हुन्। शनिबार समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले भने, 'यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।पाण्डेले अरु पार्टीहरुको इसारामा चल्दा पार्टी निर्माण गर्न सकिँदैन, बरु सरकार छोड्न तयार छौं।'

प्रधानमन्त्री प्रचण्डले सरकारका मन्त्रीहरु हेरफेर गर्ने तयारी रहेको समयमा सत्ता घटक नेकपा एसले यसरी सरकार छोड्‍ने चेतावनी दिएपछि सत्ताधारी दलहरुमा खटपट सुरु भएको हो। प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण निकै सफल भएको र विश्‍वासको वातावरण सिर्जना भएको दाबी गरिरहँदा सत्ता भने कहिलेसम्म टिक्‍ने प्रश्‍न उठेको छ। नेपाली कांग्रेसका नेताहरुले नै बजेटको विरोध गरिरहेका छन्। 

सरकारले बजेट पास गर्न नसके फेरि नैतिक प्रश्‍न उठ्ने छ। बजेट पारित गराउनका लागि नेकपा एसको साथ अनिवार्य छ। यही समयमा नेकपा एमालेले सत्ताधारीले नै स्वीकार नगरेको बजेट सरकारले फिर्ता गर्नुपर्ने माग गरिरहेको छ। 

प्रकाशित: Jun 11, 2023| 19:26 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्