शुक्रबार, साउन २९, २०८३

लागूऔषध ओसारपसारमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

काठमाडौं- नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

प्रहरीले लागूऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा भगतलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। 

प्रहरीले हानेको गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ भगतसँग एक सय ग्राम खैरो हिरोइनसमेत बरामद गरेको प्रवक्ता जोशीले बताए।

प्रकाशित: Jun 11, 2023| 19:14 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्