NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चक्करपुरमा स्कुटर दुर्घटना हुँदा एकै परिवारका चारजनाको मृत्यु

चक्करपुरमा स्कुटर दुर्घटना हुँदा एकै परिवारका चारजनाको मृत्यु

 |  आइतबार, जेठ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

vianetvianet
Metro Mart

भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ।

शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए।

दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्याउनेबित्तिक्कै मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ। 'विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन', प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने।

प्रकाशित: Jun 11, 2023| 13:11 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्