बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं उपत्यकामा आज बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा आज बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

कोरोना महामारी संक्रमण बढ्न थालेपछि प्रशासनले सवारीसाधन आवतजावतमा कडाइ गर्न लागेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेध आदेशमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारीसाधनको आवतजावतमा कडाइ गरिएको उल्लेख छ। 

आदेशमा उल्लेख छ, 'अत्यावश्यकबाहेकका अन्य निजी एवम् सार्वजनिक सवारीसाधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुग्नुपर्नेछ।' स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। आठ बजेभन्दा अगाडि भने सवारी सञ्चालनमा रोक लगाइएको छैन।

निषेध आदेशको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधानलाई नै निरन्तरता दिइएको छ। नेपालमा बुधबारसम्म सात लाख ९५ हजार ३९१ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। यसैगरी १० हजार १८० जनाको निधन भएको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ११ हजारभन्दा बढी छ।


प्रकाशित: Aug 12, 2021| 11:34 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।