शनिबार, साउन ३०, २०८३

गेटामा विश्वविद्यालय माग गर्दै सुदूरपश्चिममा आन्दोलन

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल भएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो।

हड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता छ। आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ।

प्रदेशका शैक्षिक सङ्घ संस्था, कलकारखाना, यातायातलगायत बिहानैदेखि चल्न सकेका छैनन्। सुदूरपश्चिमस्थित संयुक्त यातायात व्यवस्थापन मूल समितिले बन्दमा आफ्नो ऐक्यबद्धता जनाउँदै यातायातका साधन नचल्ने जानकारी गराएको छ।

सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषद् बैठक र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरेअनुसार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग सङ्घर्ष समितिले गर्दै आएको छ। सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि स्थानीयले सङ्घर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन्।

धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा प्रहार भएको भन्दै पक्राउ गरिएको हो।

प्रकाशित: Jun 11, 2023| 08:57 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।