काठमाडौं- कालीकोटको शुभकालिका गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुभकालिका गाउँपालिका–६ को गविरामा शनिबार राति लु १ च ८४९८ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी चालक सोही गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय हर्क विक, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले गाउँपालिका–३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको हो।
बेउली–पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै गाउँपालिका कार्यालयतर्फ जाँदै गरेको बोलेरो गाडी राति १२ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनाको पूरा विवरण आइसकेको छैन। उद्धारका लागि प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको छ।