सोमबार, वैशाख २८, २०८३

नदीनाला विदेशीलाई जिम्मा लगाएर उपलब्धि ठानियो : राप्रपा अध्यक्ष

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका नदीनालाहरू भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्।

National life

प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणप्रति संकेत गर्दै उनले त्यहाँको नयाँ संसद् भवनमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए।

पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले देश संकटमा परेको टिप्पणी गरे। उनले देशको सुरक्षाका लागि आन्दोलनमा उत्रिन भूतपूर्व सैनिकहरूलाई आह्वान पनि गरे।

'यो लडाइँ देश जोगाउने लडाइँ, धर्म जोगाउने लडाइँ, यो लडाइँमा उभिनुपर्ने भयो। यसमा एकचोटि तपाईंहरूको साथ चाहियो, सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु। तपाईंहरूले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्मसंकटमा गयो। आज हेर्नुस् त, देशको जिम्मा लिएका राजनीतिक दलहरू र व्यक्तिहरूका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन्,' उनले भने, 'आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दाखेरि यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ। तपाईंहरूले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोलि तपाईंको भावी सन्ततिले देख्न नपाउने खतराहरू बढेर गएको छ। कसैले पनि नेपालमा राजा चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ, यो संघीयता खारेज हुनुपर्छ भन्ने चाहना राख्नुहुन्छ भने त्यो मानिसका लागि अर्को कुनै पार्टी छैन। अर्को कुनै विकल्प छैन।'

अध्यक्ष लिङदेनले भूतपूर्व सैनिकहरूका लागि राप्रपाको विकल्प नभएको बताए।

प्रकाशित: Jun 10, 2023| 19:27 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्