सोमबार, वैशाख २८, २०८३

पूजा गर्न पशुपति पुगे प्रधानमन्त्री प्रचण्ड

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगेका छन्। उनी शनिबार बेलुका ५:५५ बजे पशुपति प्रवेश गरेको स्रोतले जानकारी गराएको छ। 

National life

त्यसैगरी उनले केही समय पशुपतिको मुल मन्दिरमा पुगेर पूजा अर्चना गरिरहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ। स्रोतले भन्‍यो, 'प्रधानमन्त्रीज्यू केही समयअघि पशुपति प्रवेश गर्नुभई अहिले मुल मन्दिरमा पूजा गरिरहनु भएको छ।' 
यसअघि भारतको उज्जैनमा रहेको महाकालेश्‍वरमा पुगेर गेरुवस्त्र लगाउँदै विशेष पूजा गरेका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएको एक सातामा नै पशुपति पुगेर पूजा गरिरहेका छन्। 

यसअघि प्रधानमन्त्री प्रचण्डले भारतको उज्जैनमा विशेष पूजा गरी फर्किएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पशुपति दर्शन गर्न जाने कहिले हो भन्दै प्रश्न गरेका थिए। प्रधानमन्त्री प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भारतीय विस्तारवादको विरोध गर्दै राष्ट्रवादी बन्‍नका लागि भारतीय भट्टलाई हटाएर नेपाली नागरिकलाई पूजारी नियुक्त गरेका थिए। तत्कालीन संस्कृतिमन्त्री गोपाल किरातीले प्रधानमन्त्री प्रचण्डको निर्देशनमा भारतीय भट्टलाई पूजारीबाट हटाए पनि दुई सातामा नै उक्त निर्णय फिर्ता गर्नुपर्ने बाध्यतामा प्रचण्ड पुगेका थिए। पछि पशुपतिमा भारतीय नागरिकलाई नै पुनः मूलभट्ट बनाइएको थियो।

यसअघि भारतको महाकालेश्‍वरमा विशेष पूजा गरेपछि प्रचण्डले आफू हिन्दुवादी भएको प्रमाण पेश गर्दै भारतीय सत्ताको मन जित्‍ने रणनीति अपनाएको भन्‍ने टिप्पणीहरु भएका थिए। केही वामपन्थीहरुले भने उनको 'वैचारिक प्रतिगमन' तल्लो बिन्दुमा पुगेको भन्दै आलोचना गरेका थिए। 

प्रकाशित: Jun 10, 2023| 18:18 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्