शनिबार, असोज १३, २०८०
  • गृहपृष्ठ
  • समाचार
  • विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगलमा जीवित भेटिए चार बालबालिका

विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगलमा जीवित भेटिए चार बालबालिका

 |  शनिबार, जेठ २७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

कोलम्बिया- कोलम्बियास्थित अमेजन जंगलमा भएको विमान दुर्घटनामा बेपत्ता भएका चार बालबालिका जीवितै भेटिएका छन्। १ मेमा भएको विमान दुर्घटनामा परेर बेपत्ता भएका चार जना बालबालिका जीवितै फेला परेको बीबीसीले जनाएको छ।

sagarmatha cement

कोलम्बियाका राष्ट्रपति गस्ताभो पेत्रोले एकै परिवारका चार जना बालबालिकाको उद्धार हुनु 'सिंगो देशका लागि हर्षको विषय' भएको बताएका छन्। राष्ट्रपति पेत्रोका अनुसार ती बालबालिका १३, ९, ४ र १ वर्षका छन्।

सोही दुर्घटनामा ती बालबालिकाकी आमा र दुई जना पाइलटको मृत्यु भएको थियो। उनीहरू दर्जनौं सैनिक र स्थानीय मानिसहरू संलग्‍न एउटा ठूलो उद्धार अभियानका क्रममा फेला परेका हुन्। दुर्घटना भएको ४० दिनपछि ती बालबालिकाहरू फेला पर्नु एउटा 'चमत्कारिक दिन' भएको  राष्ट्रपति पेत्रोले बताएका छन्।

उनले भने, 'उनीहरू एक्लै थिए, इतिहासमा लेखिने गरी जीवितै फला पर्नु एउटा उदाहरण उनीहरू आफैंले बनाएका छन्। यी बालबालिकाहरू शान्तिका प्रतीक र कोलम्बियाका बालबालिका हुन्।'

पेत्रोले ४० दिनदेखि हराएका उनीहरूको खोजीमा संलग्न भएका कैयौं सैनिक र आदिवासी समुदायको तस्बिर पनि सेयर गरेका छन्। हाल ती बालबालिकाहरूलाई चिकित्सकीय स्याहारमा राखिएको छ। राष्ट्रपति पेत्रोले बालबालिकाका हजुरबुबासँग कुरा गरेको बताउँदै उनले 'वनदेवी उनीहरूलाई फिर्ता पठाएको' भनेका छन्। ती बालबालिकाहरूलाई विमानमार्फत देशको राजधानी बोगोटा पुर्‍याइएको र एम्बुलेन्समार्फत थप उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनाअघि ती बालबालिका र उनीहरूकी आमा अमेजन प्रान्तमा पर्ने अराराकुआराबाट सेस्ना २०६ विमानमा सान खोसे डेल गुआभिआरेतर्फ गइरहेका बेला इन्जिनले काम नगरेपछि पाइलटहरूले आपत्कालीन अवस्थाको जनाउ ‘मे डे’ जारी गरेका थिए।

सेनाले त्यस विमानमा रहेका तीन जना वयस्क मानिसहरूका शव दुर्घटनास्थलमा फेला पारेको छ। तर, ती बालबालिका भने बेपत्ता भएका थिए। मे महिनामा विस्तृत खोज कार्य सुरु हुँदा उद्धारकर्ताले ती बालबालिकाले छाडेका सामग्रीहरू फेला पारेका थिए।

जसमा एउटा उनीहरूको पानी खाने बोतल, एक जोडी कैंची, एउटा कपाल बाँध्ने रबर, एउटा अस्थायी झुपडी फेला पारिएको थियो। स-साना पाइलाहरु देखिएपछि पछ्याउँदै जाँदा ती बालबालिकाहरू जीवितै रहेको फेला परेका थिए।

बालबालिका फेला परेको जंगल चितुवा, सर्प र अन्य हिंस्रक जनावरहरूको वासस्थान हो।  ती बालबालिकाहरू हुइतोतो आदिवासी समूहका हुन् र उक्त जातीय समूहका सदस्यहरूले आफूहरूमा हुने फलफूलको ज्ञान र जंगलमा बचेर काम गर्न सक्ने सीपले गर्दा उनीहरू जीवितै रहन सक्ने सम्भावना रहने विश्वासका साथ खोजी अभियान जारी राखिएको थियो।

प्रकाशित: Jun 10, 2023| 16:57 शनिबार, जेठ २७, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्