आइतबार, साउन ३, २०८३

वर्तमान सरकार नालायक भएको एमाले अध्यक्ष ओली आरोप

प्रचण्ड सरकारले काम गर्न नसक्ने, दोषजति कोरोना र युक्रेन ‘वार’लाई दिएर पन्छिन खोजेको ओलीको दाबी।
 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला मिचिएको नेपाली जमिनबारेमा एक शब्द नबोलेको एमाले अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। 

शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष वर्तमान सरकार नालायक रहेकाले देशकै लागि दुर्भाग्य भएको आरोप लगाए।

उनले भने, ‘यो सरकारले उपत्पादन वृद्धि दर बढाउन नसकेको, यसको कारण कोरोना र युक्रेन युद्धलाई दिने गरेको छ। देशलाई नै ग्रहण लागेजस्तो भएको छ। आगामी दुई वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर कसरी पुग्छु? उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ।’

प्रकाशित: Jun 10, 2023| 16:45 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्