आइतबार, साउन ३, २०८३

रास्वपा ठूला दलहरूको घेराबन्दीमा: रवि

रास्वपाले आगामी २०८४ को निर्वाचनमा जित्ने अनुमान पक्का भएपछि ठूला दलहरुले घेराबन्दी गरिरहेको लामिछानेको आरोप।
 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाधाविघ्न गर्न कांग्रेस, एमालेसहितका ठूला दलबाट कोसिस भइरहेको सभापति रवि लामिछानेले बताएका छन्। रास्वपाले आगामी २०८४ को निर्वाचनमा जित्ने अनुमान पक्का भएपछि ठूला दलहरुले घेराबन्दी गरिरहेको उनले आरोप लगाएका हुन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सांसदसमेत रहेका रविले जनताले रास्वपाको बाटो सहज देखाइदिए पनि विभिन्न ठाउँबाट अवरोध भइरहेको बताए।

उनले भने, ‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ। २०८४ मा बहुमतकै सरकार बनाउने गरी जित्ने योजना हो। जनताले देखाएको बाटो सहज भए पनि ठूला दलले घेराबन्दी गर्दै छन्। हामी डराउँदैनौं।’ उनले सरकारकै कमजोरीका कारण नागरिक विधेयकमा राष्ट्रपतिलाई पिरोलिएको बताए।

प्रकाशित: Jun 10, 2023| 16:21 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्