NadaNada
शनिबार, भदौ ७, २०८२

हरिपूर्वा नगर कार्यालयमा दुई महिनादेखि तालाबन्दी

जनप्रतिनिधिबीच बेमेल हुँदा नगरपालिकाका कार्यालयमा लागेको ताला  खुलाउन नसकिएपछि जिसस र जिल्ला प्रशासनको समन्वयमा खुलाइँदै।
 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet

सर्लाही– सर्लाहीको हरिपूर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना बितेको छ। जनप्रतिनिधिबीच बेमेल हुँदा नगरपालिकाका कार्यालयमा लागेको ताला हालसम्म नखुलेको हो। तालाबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणका काम प्रभावित भएका छन्।

राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपूर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन। दुई महिने अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए। उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको पनि एक वर्ष पूरा भएको छ। तर आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्पजस्तै छ।

राजनीतिक द्वन्द्वका कारण हरिपूर्वा नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नगरसभा नै ढिलो भयो । गत मंसिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न नसकेको नगरप्रमुख साहले बताए।

कार्यालय सहयोगी भर्ना, नगरपालिका भवन निर्माण स्थल, प्रहरी चौकी निर्माणलगायत विषयमा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दा नगरपालिका कार्यालयमा तालाबन्दी लागेको स्थानीय युवा वीरेन्द्रप्रसाद अधिकारीले बताए।

कांग्रेस, एमाले, जसपा नेपाल, नेकपा माओवादी केन्द्रसहितका पार्टीले सर्वदलीय संघर्ष समिति नै बनाएर नगरपालिकाको आफ्नै जमिनमा कार्यालय भवन बनाउनुपर्ने, प्रहरी चौकीका लागि खरिद गरेकै जमिनमा भवन बनाउनुपर्नेलगायतका ९ बुँदे माग राखेर आन्दोलन गर्दै सर्वदलीय संघर्ष समिति संयोजक बिकाउ यादवले बताए।

Metro Mart

उनका अनुसार माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि संघर्ष समितिले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको हो। गत १५ चैतदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको संघर्ष समिति संयोजक यादवको भनाइ छ। उनका अनुसार नगरपालिकाको भवन मन्दिरको जमिनमा बनाउन खोजेपछि विवाद बढेको हो।

आर्थिक वर्ष अन्त्य हुनै लागेको र यो समय विकासको काम धमाधम गर्नुपर्नेमा नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि विकास निर्माण काम ठप्प भएको थियो।

१५ चैतमा प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएपछि २२ चैतमा उपसचिव ध्रुवराज आर्चायलाई हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइए पनि उनी आएनन्।

त्यसपछि शाखा अधिकृत शम्भुप्रसाद यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतमा पठाइए पनि १७ वैशाखमा हाजिर हुनासाथ १ घन्टामै सरुवा भए। त्यसयता रिक्त रहेको सो पदमा २४ वैशाखमा निमेष मिश्रलाई सरुवा गरे पनि उनी विवादका कारण आएनन्।

नगरपालिकामा तालाबन्दी जारी रहेको र हाजिर हुने अवस्था नभएकाले नआएको मिश्रले बताए। जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नगरपालिकाको तालाबन्दी खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पटक–पटक तालाबन्दी खुलाउने प्रयास गरे पनि सहमति नजुट्दा नगरपालिकमा  लागेको तालाबन्दी जारी छ। ताला खोल्न आफूहरू तयार भए पनि नगर प्रमुख साहसहितका मानिसको अनावश्यक अडानका कारण त्यो असम्भव भएको संघर्ष समिति सदस्य योगनारायण रायले बताए।

उनका अनुसार संघर्ष समितिले राखेका माग पूरा गर्ने लिखित प्रतिबद्धता गर्न नगरप्रमुख साह तयार नभएपछि सहमति नजुटेको हो। नगरप्रमुख साहले नगरका विकासका लागि आफू लागिपरे पनि संघर्ष समितिले अवरोध गरेर काम गर्न नदिएको आरोप लगाए। उनका अनुसार कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताबाहेक अन्य कुनै पनि काम भएको छैन।–रासस

प्रकाशित: Jun 10, 2023| 16:07 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्