सोमबार, वैशाख २८, २०८३

नेता, कार्यकर्तालाई एकापसमा नलड्न कांग्रेस सभापति देउवाको आग्रह 

कांग्रेसका नेता, कार्यकर्ताले पद र प्रतिष्ठाका लागि आपसमा झगडा गरे प्रजातन्त्र कमजोर हुने देउवा बोली। 
 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई पद र प्रतिष्ठाका लागि एकआपसमा नलडेर अनुशासित हुन आग्रह गरेका छन्।

National life

शनिबार कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रलाई संकटमा आउन नदिन कांग्रेसलाई बलियो बनाउनुको विकल्प नभएको बताएका हुन्।

देउवाले भने, ‘प्रजातन्त्रका लागि कांग्रेस २००७ देखि लड्दै आएको पार्टी हो। यसलाई वडा, गाउँ, टोलसम्मै पु¥याएर मात्रै प्रजातन्त्रलाई बलियो बनाउन सकिन्छ। नेता, कार्यकर्ताले पद र प्रतिष्ठाका लागि झगडा गरे प्रजातन्त्र कमजोर हुन्छ।’ 

सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण कांग्रेस ‘ठूलो’ भएकाले सबै सत्तारुढ सबै दललाई गाली नगर्न नेता, कार्यकर्तालाई निर्देशन दिए। ‘कांग्रेसको संगठनलाई फैलाउन नेता, कार्यकर्ताकै थप मिहिनेत आवश्यक छ। पार्टीलाई बलियो बनाउने भए झगडासगडा गर्ने होइन।’

पार्टीमा योग्य र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन प्रतिबद्ध रहेको देउवाले बताए।

प्रकाशित: Jun 10, 2023| 14:59 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्