NadaNada
शनिबार, भदौ ७, २०८२

चुलाचुलीका २३ परिवारलाई बाँडियो पुर्जा

भूमि आयोगद्वारा पालिकाका भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet

मंगलबारे– इलामको चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा पालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो।

लामो समयदेखि काम थालिए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो। जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन्। जग्गाविहीनले अब बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन्। 

गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ। उनले योसँगै जिल्लामा रहेका सुकुम्बासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताए। 

अन्य भूमिहीनले समेत तत्काल जग्गाको धनीपुर्जा दिन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनका समस्या समाधानका संघीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए। उनले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरु तयार रहेको पनि बताए।

प्रकाशित: Jun 10, 2023| 13:57 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्