काठमाडौं– मकवानपुरको हेटौंडामा वृद्ध दम्पती मृत भेटिएका छन्। हेटौंडा उपमहानगर–१ चाइनागेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवै जना गए राती तीनतले पक्की घरको पूजाकोठामा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।