सोमबार, वैशाख २८, २०८३

रेशम चौधरीको आममाफी कानुनी शासनलाई चुनौतीः शेखर कोइराला

प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउनैका लागि तीन वटै अदालतको आदेशविपरीत रेशमलाई आममाफी दिएको नेता शेखरको आरोप।
 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं– कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको दाबी गरेका छन्। उनले तीन वटै अदालतको आदेश विपरीत रेशमलाई आममाफी दिइनु कानुनी शासनका लागि चुनौती रहेको दाबी गरे। 

National life

शनिबार भक्तपुर कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता शेखरले अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिइँदा लोकतन्त्रलाई कमजोर बनाएको बताएका हुन्।

उनले भने, ‘जिल्ला, उच्च र सर्वोच्च अदालतले गरेको निर्णयलाई बाइपास गरेर १४ जेठको मन्त्रिपरिषद् बैठकले गरेको रेशम आममाफीमा राष्ट्रपति रामचन्द्र पौडेलले मसी सुक्न नपाउँदै हस्ताक्षर गरिदिनुभयो। हामीजस्ताले त्यसलाई कसरी हेर्ने? यी कुरा अत्यन्त गम्भीर हुनेछन् भोलिका दिनमा। सरकार टिकाउन यस्ता हर्क गरिए लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ।’

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णय कांग्रेसलाई मान्य नभएको उनले बताए। निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले निर्णय गरेकाले विरोध गर्नुपरेको उनको धारणा छ।

‘निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ भनिरहेका छौं। आयोगलाई सिडियो मातहत लगेर राख्दा लोकतन्त्र मजबुत हुन सक्दैन,’ उनले भने। 

प्रकाशित: Jun 10, 2023| 12:59 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्