NadaNada
शनिबार, भदौ ७, २०८२

घट्टेखोलामा करेन्ट लगाएर माछा मार्दा अकाल मृत्यु

मुगुको छायानाथ रारा नगरपालिकाको घट्टेखोलामा माछा मार्दा करेन्ट लगाउने क्रममा भामवाडाका २२ वर्षीय सञ्जय भामको मृत्यु भएको हो।
 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet

मुगु– खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टेखोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भामवाडाका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।

ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामलाई दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि साथीहरूले जिल्ला अस्पताल मुगु लगेका थिए।

अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ।

माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्न  पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ।

Metro Mart

प्रकाशित: Jun 10, 2023| 17:20 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्