आइतबार, साउन ३, २०८३

जनार्दनले भने- माओवादी बिना ओलीको सिंहदरबार यात्रा सम्भव छैन

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद तथा निर्वतमान अर्थमन्त्री जर्नादन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुको सहयोगले सत्तामा जान नसक्‍ने चुनौती दिएका छन्।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै उनले माओवादीको सहयोगबिना ओली प्रधानमन्त्री बन्ने कल्पना समेत गर्न नसक्ने बताए। 
संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्दा माओवादीका विरासत भएको पनि दाबी गरे। 
'संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्दा माओवादीका विरासत हुन्,' उनले भने, 'यसकै बलमा केपी ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउन पार्टीगत समूहगत र व्यक्तिगत रूपमा योगदान पुर्‍याएका होइनौं र याद रहोस् माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ। गत मंसिरको निर्वाचनमा तपाईको एकल एजेन्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयिकरण भएको कुरा याद रहोस्।' 
उनले नेपालको राजनीतिक इतिहासमा माओवादीविना अपूरो हुन्छ भन्दै उनले माओवादी पार्टीका आफ्नौ विशेषता भएको र कमी पनि भएको स्वीकार गरे।  उनले ओलीलाई माओवादी चुम्बक भएको र एमाले धातु भएको भन्दै धातुमा चुम्बक टाँसिन नजाने र चुम्बकै धातु टाँसिन आउनुपर्ने बताए। 
'माओवादी अहिले संसद्मा तेस्रो पार्टी बनेको छ तर हामीसँग परिवर्तनको रापतापबाट आएको चुम्बकिय शक्ति थयावत् छ,' शर्माले भने, 'चुम्बकिय शक्तिमा धातुहरूलाई आकर्षित गर्ने गुण हन्छ र धातुहरू यसमा टाँसिन्छन्। धातु चुम्बकमा टाँसिन्छ चुम्बक धातुमा होइन यो कुरा हेक्का रहोस्।'

प्रकाशित: Jun 09, 2023| 18:45 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्