आइतबार, वैशाख २८, २०८२

क्लासिक

दम मारो दम, हिप्पी संस्कृति र देव आनन्दका किस्सा

बलिउडमा फरक खालका अभिनेता हुन् देव आनन्द। उनको अभिनय बडो कलात्मक हुन्थ्यो। उनी आफ्नो समयको स्टाइलिस हिरो थिए। उनीप्रति नायिकाहरु नै पनि सम्मोहित हुने गर्थे।
 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet

बलिउडमा फरक खालका अभिनेता हुन् देव आनन्द। उनको अभिनय बडो कलात्मक हुन्थ्यो। उनी आफ्नो समयको स्टाइलिस हिरो थिए। उनीप्रति नायिकाहरु नै पनि सम्मोहित हुने गर्थे। देव आनन्दको बोल्ने तरिका, हाउभाउ र अभिनयले उनलाई अरुभन्दा फरक बनाएको थियो।

triton college

अभिनेता देव आनन्दको नेपालसँग पनि साइनो छ। उनको नेपाल साइनो मजबुत रहेको उनको पुस्तक 'रोमान्सिङ विथ लाइफ'मा पढ्न पाइन्छ। राजा महेन्द्रसँगको घनिष्टता र नेपालप्रतिको आफ्नो लगावबारे खुलेरै लेखेका छन् उनले।  

नेपालमा ‘हरे रामा हरे कृष्णा’को छायांकन भएको थियो। सन् १९७१ मा बनेको ‘हरे रामा हरे कृष्णा’को सुरुको सिनमा पाइलटको भूमिकामा रहेका देव आनन्द नेपालको आफ्नो पहिलो उडान भरिरहेका हुन्छन्। माथिबाट काठमाडौंको सुन्दरता देखेर आफ्नो सहपाइलटलाई भन्छन्, ‘माथिबाट यो भ्याली धेरै राम्रो देखिएको छ, कस्तो छ काठमाडौं शहर?’

जवाफमा सहपाइलटले भन्छन्, ‘ल्यान्डिङको सिग्नल मिलिरहेको छैन, तबसम्म यात्रीहरुलाई माथिबाट काठमाडौंको शयर गराऔं न त। त्यो हेर्नुस् स्वयंभूको मन्दिर। अनि त्यो सोल्टी हो, यहाँको सबैभन्दा फेशनेबल होटल।’

देव आनन्द र जीनत अमानको चलचित्र हरे रामा हरे कृष्णाको लगभग पूरै छायांकन नेपालमा भएको थियो।
‘जनी मेरा नाम’, ‘इश्क इश्क इश्क’, ‘खुदा गवाह’, ‘बेबी’जस्ता थुप्रै बलिउडका चलचित्र नेपालमा छायाकंन भएको छ। वरिष्ठ फोटो पत्रकार विकास रौनियार भन्छन्, 'नेपालको काष्ठमण्डपमा जब जीनत अमानको दम मारो दम गीतको छायांकन भइरहेको थियो, त्यतिबेला निकै भीड जमा भएको थियो। ‘कान्छी रे कान्छी रे..’ गीत नायिका मुमताज र देव आनन्दमाथि बनाइएको थियो। त्यसको छायांकन तिब्बतियन रिफ्युजी क्याम्पमा भएको थियो। बाँकी चलचित्रको अधिकांश छायांकन स्वयम्भूको छेउछाउ र भक्तपुरमा नै भएको हो।'

National life insurance

यो चलचित्रको छायांकन चलिरहेका बेला पूरै काठमाडौं यसमा सामेल भएको थियो। केही नेपाली कलाकारहरुले पनि यसमा काम गरेका थिए। रौनियार भन्छन्, 'चलचित्र हेर्दा महसुस हुन्छ- त्यतिबेला कति धेरै खाली मैदान थियो। हामी जिस्कन्छौं- त्यतिबेला त्यो जग्गा किनेको भए अहिले त्यसको भाउ कति हुन्थ्यो होला। हरे रामा हरे कृष्णा रिलिजपछि भारतबाट थुप्रै पर्यटक नेपाल आउन थालेका थिए। गाइडले उनीहरुलाई हिन्दी चलचित्र छायांकन भएको ठाउँ घुमाउँथे। दम मारो दम गीतको छायांकन भएको काष्ठमण्डप भूकम्पको बेला पूरै नष्ट भएको थियो। तर अहिले त्यसको पुनर्निर्माण सम्पन्न भएको छ। जे होस् त्यो गीतको विरासत नेपालमा आज पनि जीवित छ।

devanand-16010940041686308548.jpg

अभिनेता देव आनन्दको नेपालको शाही परिवारसँग राम्रो सम्बन्ध थियो। चलचित्र निर्माणताका महेन्द्र राजा थिए। देव आनन्दले चलचित्रको विचार मनमा आएपछि तुरुन्तै राजा महेन्द्रलाई भेटेर चलचित्रको पूरै कथानक सुनाएका थिए। उनले यो चलचित्र नेपालमा मात्रै बन्न सक्छ भनेका थिए। देव आनन्दले राजा महेन्द्रसँग नेपालमा छायांकनको लागि अनुमति पनि मागेका थिए। 

राजा महेन्द्रले देवलाई केही समय नेपालमा बस्न भने र उनलाई अन्नपूर्ण पहाडको बीचमा रहेको भाइ राजकुमार बसुन्धराको होटलमा पठाइदिएका थिए, जहाँ उनलाई शान्तिपूर्वक चलचित्रको कथा लेख्न भनेका थिए। 

यहीँबाट सुरु हुन्छ देव आनन्दको नेपाल साइनो। त्यसपछि देव आनन्दले चलचित्रमा नेपालको विभिन्न मन्दिर, सडक, मेलाहरुलाई कलात्मक ढंगले पर्दामा उतारे।

हिप्पी, जसबीर र नायिका जीनत अमान
किस्सा ७० को दशकको हो। देव आनन्द १९७० मा आएको चलचित्र ‘प्रेम पुजारी’को विफलताले हताश थिए र त्यतिबेला उनी नेपालमा थिए। तर यहिँ बस्दा यस्तो संयोग जुर्यो कि उनी हरे रामा हरे कृष्णाको स्क्रिप्ट बोकेर भारत फर्किए र साथमा निर्णय पनि लिए कि उनको चलचित्र लन्डन वा पेरिसमा नभएर नेपालमा छायांकन हुनेछ। 

आफ्नो पुस्तक ‘रोमान्सिङ विथ लाइफ’मा देव आनन्द लेख्छन्, ‘म काठमाडौंमा थिएँ र एक साँझ आफ्नो साथीसँग द बेकरी नामको अनौठो ठाउँमा गएँ जहाँ राति–राति हिप्पीहरु आउँथे। त्यसताका युवाहरुमा हिप्पी बन्ने ठूलो क्रेज थियो। गाँजा, अफिम खानु, मोजमस्ती गर्नु, सिगरेटको धुँवामा रुमलिएका तिनीहरु नशामा धुत् हुन्थे। निधारमा टीका लगाएर, घाँटीमा सयपत्री फूलको माला लगाएका र एक अर्कालाई गाँजा–चिलिम दिँदै गरेका उनीहरु आकाशलाई यसरी नियाल्थे मानौं योग गरिरहेका हुन्थे। यो कुनै सिनेमाको दृश्यभन्दा कम थिएन।

तिनीहरुमध्ये मेरो ध्यान ती खैरो रंगको केटीमाथि गयो। उनको चश्मा तल झरेको थियो। उनले भनिन् ‘बब! मेरा चश्मा’। अर्थात् उनी भारतीय थिइन्। मलाई लाग्यो- यी हिप्पीहरुको बीच उनी के गर्दैछिन्। अर्को साँझ पनि ती केटीसँग भेट भयो। उनकी आमा क्यानडामा रहिछन् र उनी काठमाडौं घुम्न आएकी हुन्। उनको नाम जसबीर हो जो आफूलाई जेनिस भन्थिन्। जेनिसले सुनाएअनुसार उनी आफ्नी आमादेखि भागेर क्यानडाबाट नेपाल आएकी हुन्। उनको आमा बाबुको सम्बन्धविच्छेद भइसकेको छ र बुवा पञ्जाबमा कतै बस्छन्। जेनिसलाई लाग्थ्यो- उनका आमाबाबुले उनको ध्यान राखेनन् र उनको पिँढीलाई बुझ्ने कोसिसि गरेनन्। उनी केही पैसा चोरेर घरबाट भागिन् र हिप्पी भइन्। 

जसले हरे रामा हरे कृष्णा चलचित्र हेरेका छन् र जीनत अमानलाई दम मारो दम.. गाइरहेको देखेका छन्, सजिलै थाहा हुन्छ- चलचित्रमा जेनिस अर्थात जसबीर र काठमाडौंको कथा छ। देव आफ्नो पुस्तकमा लेख्छन्, ‘काठमाडौंको सोल्टी होटलमा एक क्यासिनो छ। जसै त्यसको भर्‍याङबाट तल झर्नेछौं, दायाँतर्फ डिस्कोथेकमा प्रवेश गर्नेवित्तिकै हुन सक्छ तिमीलाई जेनिस अर्थात जीनत अमान त्यही भेटिनेछिन्।’ यही त्यो दृश्य हो जब पहिलो पटक सिनेप्रेमीहरुले जीनत अमानलाई हिप्पीको रुपमा नाच्दै गरेको देखे र हिन्दी चलचित्रले एक यस्तो कलाकार भेट्यो जसले नायिकाको परिभाषा नै बदलिदियो।   
- बीबीसी हिन्दीबाट

प्रकाशित: Jun 10, 2023| 07:12 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।
वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।