शनिबार, साउन ३०, २०८३

अमृता प्रीतमका दुई कविता

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

अमृता प्रीतम साहित्यमा चर्चित नाम हो। उनको जन्म तत्कालिन पाकिस्तानको पञ्जाब प्रान्तको गुजरांवाला सहरमा भएको थियो। साहित्य क्षेत्रमा अमृताको अभूतपूर्व योगदानको लागि सन् १९५७ मा साहित्य अकादमी पुरस्कार, १९५८ मा पञ्जाब सरकारको भाषा विभागद्वारा पुरस्कृत गरिनुका साथै १९८८ मा बल्गारिया वैरोव पुरस्कार र १९८१ मा भारतको सर्वोच्च साहित्यिक पुरस्कार ज्ञानपीठ पुरस्कारले सम्मानित गरियो। प्रीतमका ‘मै तुझे फिल मिलांगी’ शीर्षकको कविता निकै नै चर्चित रह्यो। यो कविता आज पनि उत्तिकै पढिने गरिन्छ। प्रस्तुत छ, पञ्जाबी कवि प्रीतमका दुई कविताको भावानुवाद

आत्ममिलन
मेरो सेज हाजिर छ
तर जुत्ता र कमिजजस्तै
तिमी आफ्नो शरीर पनि फुकाल
राख उता मुढामाथि 
खास कुरा केही होइन
बस आफ्नो–आफ्नो देशको रीति हो।

शहर
मेरो शहर एक लामो बहसजस्तै छ
सडकहरु– बेतुकको दलीलजस्तो...
र गल्लीहरु यस्तो
मानौ्र एउटा कुरालाई 
कसैले यता, कसैले उता घिसारेको छ
प्रत्येक घर एक मुठ्ठी उचालेजस्तो
भित्ताहरु किचकिच गरेजस्तो
र नालाहरु, जसरी मुखबाट फिँज बगिरहेको होस् 

यो बहस सूर्यबाट सुरु भएको थियो सम्भवतः
जो उसलाई देखेर यो झनै तात्थ्यो 
र प्रत्येक द्वारबाट 
फेरि साइकल र स्कुटरको पांग्रा 
गालीजस्तै निस्कन्थे 
र हर्न–घण्टीहरु एक अर्कामाथि जाइलाग्न खोज्थे

यस शहरमा जन्मिने जो बालक पनि 
सोध्थे, कुन कुरामाथि हो यो बहस 
फेरि उसको प्रश्न नै एक बहस बन्न पुग्थ्यो 
बहसबाट निस्केर, बहसमा मिल्न जान्थ्यो

शंख घण्टहरुको स्वास सुक्थ्यो
रात आउँथ्यो, फेरि बग्थ्यो र जान्थ्यो
तर निन्द्रामा पनि बहस समाप्त हुन्थेन
मेरो शहर एक लामो बहसजस्तै छ...
 

प्रकाशित: Jun 10, 2023| 06:31 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।