सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक परिषद् सदस्यमा निर्वाचित

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो। 
 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

वासिङ्टन डिसी–नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित भएको छ। नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो। बिहीबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो। 

National life

राष्ट्रसंघको बडापत्र १९४५ अनुसार ६ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ। 
नेपाल निर्वाचित भएपछि राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भने, ‘नेपालले मानवअधिकार परिषद्मा सन् २०१८ मा निर्वाचित भएर एउटा सन्देश दिएको थियो भने अहिले आर्थिक, सामाजिक परिषद्मा विजयी भएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। राष्ट्रसंघका परिषद्मा नेपालले निर्वाचित भएर विश्व मञ्चमा आफ्नो सन्देश दिन सफल भएको छ।’

नेपालले सदस्यको रूपमा जिम्मेवारी लिएपछि विश्व सहश्राब्दी लक्ष्य २०३० र अतिकम विकसित राष्ट्रका लागि दोहा कार्ययोजनालाई कार्यान्वयनमा समन्वयकारी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राईको भनाइ छ। गोप्य मतदानमार्फत भएको उक्त मतदानमा एसिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्।

बिहीबारको मतदानमा कुल १८ देश सदस्यमा निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्यान्डलगायत छन्। तीनवर्षे कार्यकालका लागि आगामी २०२४ को जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन्।

नेपाल सन् २०२६ देखि मध्यम स्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुन रणनीतिक रूपमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनु महत्त्वपूर्ण उपलब्धि हो।

यस परिषद्ले विश्वभरिका नागरिकको आर्थिक, सामाजिक अवस्थाबारेमा सुधार गर्दै सहश्राब्दी विकास लक्ष्य हासिलका लागि विभिन्न कार्यक्रमसमेत अगाडि सारेको छ।

प्रकाशित: Jun 09, 2023| 11:11 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्