NadaNada
आइतबार, भदौ ८, २०८२

संसद्‌बाटै एमालेको चेतावनी - भोलिदेखि सदन चल्‍न दिँदैनौं

 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेले आफ्ना नेता-कार्यकर्तामाथि आक्रमण भएको भन्दै भोलिदेखि सदन चल्‍न नदिने चेतावनी दिएको छ। एमालेका प्रमुख सचेतक पदम गिरीले बिहीबार प्रतिनिधि सभामा बोल्दै आफ्ना नेता-कार्यकर्तमाथि ढुंगामुढा गर्ने तथा आतंकित गर्ने काम भइरहेकोले यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन्। 

उनले भने, 'नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतंकित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ। हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो। हामीले संसदमा जानकारी गराएका थियौं। आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाको उपमेयर महेश्‍वर राई चढेको गाडीमाथि पनि ढुंगामुढा भएको छ।' 

नेकपा एमालेले अब आफूहरु सहन नसक्‍ने भएको र प्रतिवाद गर्न तयार रहेको बताएका छन्। उनले थपे, 'उनले भने, 'हामीमाथि निरन्तर यो प्रकारले हमला हुन्छ भने हामी प्रतिवाद छौं। आक्रमणमा कोको थिए भन्ने सरकारले सदनलाई जानकारी गराओस्। नत्र हामी भोलिबाट सदन अगाडि बढ्न दिँदैनौं।'
सत्तापक्षकै व्यक्तिहरुको संलग्नतामा आतंक सिर्जना गर्ने काम भइरहेको एमालेको आरोप छ। 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष निर्देशमा कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलन भइरहेको दाबी गरेका थिए। बिहीबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिको हत्या प्रयास भएकाले प्रतिवाद गरिने चेतावनी दिएका हुन्।

माओवादीले पहिले कोसी प्रदेश नामकरणमा साथ दिएको र पछि ढुलमुले बोली बोलेर आन्दोलनलाई भड्काइरहेको उनले आरोप लगाए। ओलीले भने, 'प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने। पुनर्विचार गर्नुपर्छ भनेर मान्छे भड्काउँदै हिँड्ने?'
कोसी नामकरणविरुद्धको आन्दोलनमा माओवादी गुन्डा परिचालन भएको र त्यसमा प्रधानमन्त्री प्रचण्डसहित नेकमा माओवादीका नेताहरुले तेल हालिरहेको अध्यक्ष ओलीले बताए।

Metro Mart

कोसी नामकरणविरुद्ध पहिचानका नाममा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेमाथि खनिएको ओलीले आरोप लगाए। आजै मात्र इलाममा एमाले कोसी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि जातीय समर्थकले आक्रमण प्रयास गरेका थिए।
 

प्रकाशित: Jun 08, 2023| 17:43 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्