सोमबार, साउन ४, २०८३

देउवाले मनोनित गरे कांग्रेस सचेतकमा सुशिला थिङ

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य सुशिला थिङलाई सचेतकमा मनोनित गरेका छन्। कांग्रेस सभापति एवं सं‌सदीय दलका नेता देउवाले बिहीबार उनलाई मनोनयन गरेका हुन्। 
दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा देउवाले मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए। सुशीला थिङ सिन्धुलीकी हुन्।
उनले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्। उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन्। 
यसअघि कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भइसकेका छन्। 

sachetak1686224381.jpg

प्रकाशित: Jun 08, 2023| 17:22 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्