NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा कोसी नामकरणविरुद्धको आन्दोलन : केपी ओली 

प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा कोसी नामकरणविरुद्धको आन्दोलन : केपी ओली 

माओवादीले पहिले कोसी प्रदेश नामकरणमा साथ दिएको र पछि ढुलमुले बोली बोलेर आन्दोलनलाई भड्काइरहेको अध्यक्ष ओलीको दाबी।
 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष निर्देशमा कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलन भइरहेको एमाले अध्यक्ष केपी ओलीले दाबी गरेका छन्।

बिहीबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिको हत्या प्रयास भएकाले प्रतिवाद गरिने चेतावनी दिए।

माओवादीले पहिले कोसी प्रदेश नामकरणमा साथ दिएको र पछि ढुलमुले बोली बोलेर आन्दोलनलाई भड्काइरहेको उनले आरोप लगाए। ओलीले भने, ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने। पुनर्विचार गर्नुपर्छ भनेर मान्छे भड्काउँदै हिँड्ने?’ 

कोसी नामकरणविरुद्धको आन्दोलनमा माओवादी गुन्डा परिचालन भएको र त्यसमा प्रधानमन्त्री प्रचण्डसहित नेकमा माओवादीका नेताहरुले तेल हालिरहेको अध्यक्ष ओलीले बताए।

कोसी नामकरणविरुद्ध पहिचानका नाममा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेमाथि खनिएको ओलीले आरोप लगाए। आजै मात्र इलाममा एमाले कोसी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि जातीय समर्थकले आक्रमण प्रयास गरेका थिए।

Metro Mart

प्रकाशित: Jun 08, 2023| 15:56 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्