सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालेनले राखे 'ग्रेटर नेपाल'को नक्सा, गगन भन्छन् - सांस्कृतिक नक्सा जारी गरौं

बालेनले राखे 'ग्रेटर नेपाल'को नक्सा, गगन भन्छन् - सांस्कृतिक नक्सा जारी गरौं

भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुसहितको मुरल राख्दै नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो।
 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। मेयर शाहले बिहीबार सभा गृहस्थित आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन्। 

National life

भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुसहितको मुरल राख्दै नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो। यसबारे हालसम्म नेपाल सरकारले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। उल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल नै यो सांस्कृतिक नक्सा भएको भन्दै भारतको बचाउ गरिरहेका छन्। 

यही समयमा काठमाडौं महानगरका मेयर शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन्।       

'भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,' बालेनको सचिवालयका एक सदस्यले नेपाल समयसँग भने, 'त्यही भएर स्वतन्त्र मेयर भएका कारण 'टिट फर ट्याट' गर्न सचिवालयमा ग्रेटर नेपालको नक्सा राखिएको हो।’ भारतले आफ्नो अशोका सम्राज्यको नक्सा जारी गरेको भनेपछि बालेनले पनि नेपालको नक्सा पुनःस्थापना गरिएको उनले बताए। 

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि नेपालले सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका हुन्। महामन्त्री थापाले बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने उल्लेख गर्दै नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका हुन्।

‘भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ,’ उनले भने, ‘यसमा भारतले कुनै चासो दिँदैन होला।’

प्रकाशित: Jun 08, 2023| 14:24 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्