बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता

युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद्को हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उनले युवा हितका लागि उल्लेख्य काम गर्न सक्नुपर्ने भन्दै युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन्।

मुख्यमन्त्री पौडेलले युवालाई स्वदेशमै रोजगार अवसर सिर्जना गर्न र उद्यमशील बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने उल्लेख गरेका छन्। कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवा मुलुकको गहना भएको उल्लेख गर्दै युवाका लागि खेलकुद, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा परिषद्ले काम गर्नुपर्ने बताए। उनले अब युवालाई रोजगारमूलक सीप सिकाउनुपर्ने बताएका छन्।  


प्रकाशित: Aug 12, 2021| 10:45 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।