सोमबार, साउन ४, २०८३

आज नेसपा र शनिबार जसपाको बैठक बस्दै

शनिबार उपेन्द्र यादव नेतृत्वको जसपा र आज बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रीय समिति बैठक बस्ने भएका हुन्।
 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आगामी शनिबार २७ जेठका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

विधान अधिवेशन तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न २७ जेठका लागि बैठक डाकिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका हुन्।  बैठक आगामी शनिबार पार्टी मुख्यालय बालकुमारीमा दिउँसो १ बजेदेखि सुरु हुनेछ। 

यस्तै, बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक भक्तपुरमा आज बस्दै छ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने नेसपा नेताहरूले बताएका छन्।   

बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन्।  

बैठकमा सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुने तथा पार्टीको विधान मस्यौदाको तयारीबारे छलफल हुनेछ। बैठक भोलि शुक्रबारसम्म चल्ने नेसपाले बताएको छ।

प्रकाशित: Jun 08, 2023| 11:09 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्