सोमबार, वैशाख २८, २०८३

प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा सभ्य देखे प्रचण्डले

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा सभ्य लागेको बताएका छन्। राष्ट्रियसभामा भारत भ्रमणको विषयमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले भने, 'राष्ट्रियसभा जे होस् सम्मानितै रहेछ।'

National life

भारत भ्रमणको विषयमा प्रतिनिधिसभाभन्दा राष्ट्रियसभामा स्वच्छ वातावरणमा छलफल भएको प्रचण्डले बताए। प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई एमाले, राप्रपा र रास्वपालगायत दलका सांसदहरूले धेरै प्रश्न सोधेर दबाबमा राखेका थिए। त्यसमा पनि भारतबाट आयात गरिएको राँगा प्रकरणले संसद्‍मा लफडा नै भएको थियो।

रास्वपाका एक सांसदले प्रधानमन्त्री भैंसी चढेर स्वदेश फर्किएको बताएपछि संसद्‍को रेकर्डबाटै शब्द हटाउनुपरेको थियो। सांसदका प्रश्नको जवाफ दिनमा रोष्ट्रममा पुगेका प्रधानमन्त्री निकैबेर सत्ता पक्ष र विपक्षी दलका सांसदहरुको जुहारी हेरेर उभिनुपरेको थियो। प्रचण्ड बोल्न सुरु गरेलगत्तै एमाले सांसद सूर्य थापाले अवरोध गरेपछि स‌ंसद्  पूरै बरालिएको थियो।

राष्ट्रियसभामा भने सौहार्दपूर्ण वातावरण भएपछि प्रधानमन्त्रीले राहत महसुस गरेका हुन्।

 

प्रकाशित: Jun 07, 2023| 13:45 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्