शुक्रबार, वैशाख २६, २०८२

राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डको प्रश्नोत्तर कार्यसूची

प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची  छ।
 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै छन्।

triton college

सवा ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची  छ।
राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि छलफल सुरु हुनेछ।

‘राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने र अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ,’ संसद् सचिवालयले भनेको छ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रिय सभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यसूची रहेको भए पनि खप्तड मेला हेर्न पुगेपछि स्थगित भएको थियो।

प्रकाशित: Jun 07, 2023| 11:16 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्