शुक्रबार, वैशाख २६, २०८२

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल हुँदै

सोमबारबाट बजेटमाथिको छलफल सुरु भए पनि विभिन्न कारणले अगाडि बढ्न सकेको छैन।
 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं–प्रतिनिधिसभाको आजको बैठकमा पनि बजेटमाथिको छलफल हुने कार्यसूची छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल हुनेछ।

सोमबारबाट बजेटमाथिको छलफल सुरु भए पनि विभिन्न कारणले अगाडि बढ्न सकेको छैन। आगामी आवको बजेटमा करका दर हेरफेर गरिएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर प्रतिपक्षीले संसद् अगाडि बढ्न दिएको छैन। 

नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको एमालेले बजेटले मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ।

प्रकाशित: Jun 07, 2023| 10:55 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्