सोमबार, असोज ८, २०८०

कोसी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीद्वय आचार्य र चापागाईंले मुख्यमन्त्री कार्कीलाई बुझाए राजीनामा।
 |  मंगलबार, जेठ २३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

sagarmatha cement

काठमाडौं– कोसी प्रदेश सरकारमा माओवादीबाट सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्। पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले एमाले नेतृत्वको प्रदेश सरकारबाट राजीनामा दिएका हुन्।

आज मात्रै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। मन्त्रीद्वयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्।

कोसीमा एमाले नेता कार्कीको नेतृत्वमा सरकार गठन भए पनि संघीय समीकरण बदलिएपछि माओवादीले समर्थन फिर्ता लिएको हो। कोसीमा कांग्रेस, माओवादी दुवैले प्रदेश सरकार गठनमा दाबी गरिरहेका छन्।

प्रकाशित: Jun 06, 2023| 16:26 मंगलबार, जेठ २३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्