सोमबार, वैशाख २८, २०८३

पहिलो वार्षिकोत्सव साताव्यापी मनाउँदै रास्वपा

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वार्षिकोत्सव साताव्यापी रुपमा मनाउने भएको छ। गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले असार १ देखि सात गतेसम्म वार्षिकोत्सव मनाउन लागेको हो।

वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरिने रास्वपाले जनाएको छ। रवि लामिछानेको नेतृत्वमा स्थापना भएको रास्वपाले एक वर्ष नबित्दै २१ सिटसहित प्रतिनिधिसभामा दरिलो उपस्थिति जनाएको छ।

प्रकाशित: Jun 06, 2023| 15:57 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्