मंगलबार, साउन ५, २०८३

करका दर हेरफेरबारे एमालेले माग्यो अर्थमन्त्रीको जवाफ

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीको चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। 'करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले रोष्ट्रममा उभिएर चित्तबुझ्दो जवाफ दिनुपर्छ। चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्छ,’ उनले भने।  

आफूहरू नीतिगत भ्रष्टाचारको विरुद्धमा कडाइका साथ प्रस्तुत हुने उनले बताए।

प्रकाशित: Jun 06, 2023| 14:21 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्