सोमबार, वैशाख २८, २०८३

ओली–महत छलफलः बजेट विवादबारे संसद्लाई जवाफ दिँदै अर्थमन्त्री 

घटनामा अर्थमन्त्रीको संलग्नताबारे अर्थ मन्त्रालयले अस्वीकारेको छ भने कांग्रेस अहिलेसम्म बोलेको छैन।
 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमै अनधिकृत व्यक्ति घुसाएर करका दर हेरफेर गराएको सूचना चुहिएपछि नियमित बस्नुपर्ने संसद् बैठक हालसम्म अन्योलमा छ।

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी जमिन साटासाट गर्न सकिने अभिव्यक्ति दिएको दाबीसहित एमालेले जवाफ माग्दै आइतबारदेखि संसद् अवरोध गरिरहेको छ। सोमबार प्रधानमन्त्री प्रचण्डले एमालेलाई जवाफ दिएपछि आजदेखि संसद् चल्ने अपेक्षा गरिएको थियो।

तर बजेट निर्माणका क्रममा अर्थमन्त्रीले ‘खेलेको’ विषय बाहिरिएपछि एमालेले आज पनि संसद् बैठक अवरोध गरिने बताएकाले हालसम्म बैठक बस्न सकेको छैन। बजेट बनाउँदा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध जनाउने भएपछि संसद् बैठक सरेको सर्‍यै छ।

संसद् बैठक बस्ने/नबस्ने अन्योल भइरहेका बेला प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली र अर्थमन्त्री प्रकाशशरण महतबीच छलफल भएको छ।
अध्यक्ष ओली र महतबीचको कुराकानीमा अर्थमन्त्रीले बजेटका दर हेरफेर गरिएकोबारे संसद्मा जवाफ दिन सहमत भएपछि संसद् बैठक सुचारु हुने संकेत देखिएको छ।

‘नेता केपी र अर्थमन्त्रीबीच कुराकानी भयो। अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिने सहमति भएको छ। ऋब बैठक बस्छ होला’, एमाले नेता एवं सांसद गगन विष्टले भने। प्रतिनिधिसभामा सोमबारदेखि बजेटमाथि छलफल सुरु भएको छ।

भन्सार विभागका पूर्वकर्मचारी श्रेष्ठले आफूले वर्षौंदेखि बजेट निर्माणमा बेला टाइपको काम गर्दै आएको र करका दर हेरफेरमा सघाएको प्रस्टीकरण दिएका छन्। घटनामा अर्थमन्त्रीको संलग्नताबारे अर्थ मन्त्रालयले अस्वीकारेको छ भने कांग्रेस अहिलेसम्म बोलेको छैन।

प्रकाशित: Jun 06, 2023| 14:08 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्