करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिने सहमति भएसँगै प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र अर्थमन्त्री प्रकाशशरण महतबीचको छलफलपछि महतले जवाफ दिने सहमति भएको हो।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको भन्दै एमाले, रास्वपा र राप्रपाले विरोध जनाएका थिए। यहीकारण बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेको थिएन।