सोमबार, वैशाख २८, २०८३

राष्ट्रिय सभा बैठक बुधबारलाई सारियो

विशेष कारणवश भनिए पनि बैठक स्थगितको विस्तृत विवरण दिइएको छैन।
 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं– राष्ट्रिय सभाको आज बस्ने तय भएको बैठक बुधबार  बिहानका लागि सरेको छ।

National life

आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको हो। 

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्ताव गर्ने कार्यसूची थियो। विशेष कारणवश भनिए पनि बैठक स्थगितको विस्तृत विवरण दिइएको छैन।

प्रकाशित: Jun 06, 2023| 13:15 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्