शुक्रबार, वैशाख ७, २०८१

जंगलमा गाडिएको अवस्थामा भेटियो युवतीको शव

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

कैलालीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका- १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया कविता बुढा मृत फेला परेकी हुन्।

triton college

प्रहरीका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको हो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाइ छ।

मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी छन्। केही दिनअघि उनको ससुरासँग झगडा भएको बताइएको छ। ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ।

उनी घरमा सासुससुरा र देउरानीसँग बस्दै आएकी थिइन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रकाशित: Jun 06, 2023| 12:14 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।
खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।