मंगलबार, साउन ५, २०८३

जबरजस्ती धर्म परिवर्तन गराउनु हुँदैन : मन्त्री आचार्य

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

ललितपुर- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबरजस्ती धर्म परिवर्तन गराउन नपाउने बताएका छन्।

ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उनले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताए। ट्रान्सफर्म फाउण्डेशन नेपाल, नेपाल ख्रीष्टियन समाज र एनसिएफले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले भने , ‘ख्रीष्टियन समाज कल्यान परिषद्मा दर्ता भएको गैरसरकारी संस्था भएका कारणले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र समाजमा दुःखमा परेकालाई निरन्तर सहयोग गरिरहेको छ।’

सांसद गंगा कार्कीले राज्यको कुनै पनि धर्म नभएमा सबै धर्मलाई एउटै दृष्टिले हेर्न सक्ने बताए। उनले भने, ‘विभिन्न धर्ममा राम्रा कुरासँगै विकृति पनि छन्।’ सांसद प्रकाश पन्तले कुनै पनि व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने र एउटाले अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने बताए। 

प्रकाशित: Jun 05, 2023| 21:33 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्