सोमबार, वैशाख २८, २०८३

टिकट वितरण प्रणालीले गुट-उपगुट हाबी- गगन थापा

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

National life

सोमबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पार्टीको उपल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टी भित्र गुट उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृत्तिको विकास भएको बताए।

थापाले अहिले स्थानीयदेखि केन्द्रसम्म सरकारमा काँग्रेस भएपनि पार्टी प्रति जनताको कुनै भरोसा नभएको उल्लेख गरेका छन्। त्यसका लागि पार्टीभित्रको सम्पूर्ण पद्धतिनै फेरबदल गर्नुपर्ने थापाले बताए।

महामन्त्री थापाले सुशासन र पारदर्शिता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउनका जनप्रतिनिधिहरूलाई निर्देशन गरे।

नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधिहरूलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसी, नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदी लगायतले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

प्रकाशित: Jun 05, 2023| 19:14 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्