शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • गण्डकी
  • गण्डकीको नीति तथा कार्यक्रम : त्रिवेणी-कोरला सडक प्राथमिकतामा 

गण्डकीको नीति तथा कार्यक्रम : त्रिवेणी-कोरला सडक प्राथमिकतामा 

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

नवलपुर– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा त्रिवेणी-कोरला सडकलाई प्राथमिकतामा राखिएको छ। 

सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपुर र मुस्ताङ जोड्ने उत्तर दक्षिण मार्ग कोराला-त्रिवेणी सडकसँगै नवलपुरमा हुने औद्योगिक निर्माण मुख्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गुरुङले कोरला-त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र जोड्ने र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागिपरेको बताए। 

आठ वर्षदेखि अलपत्र परेको नवलपुरमा पर्ने दुम्कीबास–गजेन्द्रमोक्ष सडकखण्डको निर्माणलाई गति दिन उक्त सडकलाई बजेट सुनिश्चितता गरी वन्यजन्तुमैत्री संरचनासहित तीन वर्षभित्र निर्माण सम्पन्न गर्न विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि कार्यारम्भ भएको गुरुङले बताएका छन्।

सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका नवलपुरको लोकाहाखोला, कास्की र तनहुँको पुँडिटारमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। कालीगण्डकी, मर्स्याङ्दीलगायतका करिडोर क्षेत्रमा कृषिमा आधारित एकीकृत विकासलाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गरिने उनले बताए।

नवलपुरको डेढगाउँबाट तनहुँको भिमाद तथा नवलपुरको डेढगाउँबाट नवलपुरकै झ्यालबास खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ। 

सरकारका तर्फबाट प्रदेश प्रमुख गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका आधारमा रही गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ का लागि बजेट तयार पार्नेछ। त्रिवेणी-कोरला सडकलाई धार्मिक मार्गसँगै आर्थिक मार्गका रुपमा प्रदेश तथा संघीय सरकारले हेर्दै आएको छ।

प्रकाशित: Jun 05, 2023| 21:10 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...