सोमबार, वैशाख २८, २०८३

जमिन साटफेर सीमा समस्या सल्ट्याउने मोडल होइन : अध्यक्ष ओली

बंगलादेश–भारतीय मोडलमा जमिन साटफेर भएको नभई दुवैतिरका नागरिक आ–आफ्नो घर फर्किएपछि समस्या आफैं समाधान भएको ओली तर्क।
 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा दिएर अन्यत्रैको जमिन लिने प्रसंग उठाउनु दुर्भाग्य भएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सीमा समस्या समाधानमा भूमिको लेनदेन विषय उठ्नु दुर्भाग्य भएको बताएका हुन्।

National life

नेपालले पाउनुपर्ने समुद्रसँगको पारवहन सुविधा भूमि सट्टापट्टाको कुरो नभई अधिकारको विषय भएको ओलीको धारणा छ। उनले भने, ‘बंगलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरंगित छ। बंगलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको कुरा हो।’

बंगलादेशको बन्दरगाहसम्म पुग्ने कुरा पहिले नै टुंगिइसकेको उनले दाबी गरे। बंगलादेशसम्म आउजाउ गर्ने गरी बस सेवासमेत उद्घाटन भइसकेको उनको भनाइ छ। ‘बंगलादेशसम्म जान आफ्नो जमिन दिनुपर्छ भन्ने कुरा प्रचलनमा नभएको विषय हो। बंगलादेश मात्रै होइन, अफगानिस्तान जाने बाटो पाउने कि नपाउने? पाकिस्तान जान अमृतसरतिरबाट बाटो पाएका छौं?’ ओलीले भने। 

ओलीले बंगलादेश मोडलमा भूमि लेनदेन नभएको दाबी गरे। दुवैतिरका नागरिक आ–आफ्नो जमिनमा फर्किएपछि समस्या आफैं समाधान भएको उनको भनाइ छ।

‘कुनै पनि देशको सरकारलाई आफ्नो जमिन अर्कालाई दिने अधिकार हुँदैन। कहीँको संविधानमा पनि यस्तो हुँदैन। अतः जमिन साटासाट गर्ने विषय उठाइनु दुर्भाग्य हो,’ उनले भने।

प्रकाशित: Jun 05, 2023| 16:31 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्