सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न- मोदीसँगको भेटमा छोरीलाई किन लगेको?

प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न- मोदीसँगको भेटमा छोरीलाई किन लगेको?

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको बताएका छन्।

National life

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोमा प्रश्न उठाए।

प्रधानमन्त्रीले उच्च सरकारी अधिकारीको सट्टा आफ्नो परिवारको सदस्यलाई सहभागी गराइएकोमा उनको आपत्ति थियो।

ओलीले प्रधानमन्त्रीको भारत भ्रमण सबै हिसाबले भद्रगोल देखिएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले आफ्नो छेउमा छोरी राखेर राम्रो गर्नुभएन। भोलि नाति-नातिनी लिएर जानु भए के गर्ने? यस्ता भद्रगोल हुनु भएन। त्यहाँ परराष्ट्रमन्त्री हुनुपर्छ, परराष्ट्र सचिव हुनुपर्छ, रेकर्ड राख्ने मान्छे हुनुपर्छ। यस्ता कुरामा ध्यान दिनुपर्छ। यो तीर्थाटन हो कि फ्यामिली हो कि? धार्मिक भ्रमण हो कि?’

 

प्रकाशित: Jun 05, 2023| 15:55 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्