मंगलबार, साउन ५, २०८३

प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साह होइन, चिन्ता बढेको छ: ओली

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबाट उत्साहित हुनुपर्ने अवस्थामा हुनुपर्नेमा चिन्ता बढेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बंगलादेश जाने बाटोसँग लिपुलेक-लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको दाबी गरे।

उनले बंगलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गरे। सीमा विवाद समाधानको बंगलादेश मोडल ठिक नरहेको बताउँदै ओलीले उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टापट्टा हुन नसक्ने बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको दाबीसमेत गरे।

प्रकाशित: Jun 05, 2023| 15:50 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्