मंगलबार, साउन ५, २०८३

गेरु वस्त्र लगाउनु स्वाभाविक: प्रचण्ड

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको महाकाल मन्दिरमा आफूले गेरु वस्त्र लगाएर पूजा गरेको विषयलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणको विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले आफू विगतमा विभिन्न धर्मावलम्बीहरुको कार्यक्रममा सहभागी हुँदा पनि त्यहीँअनुसार प्रस्तुत भएको भन्दै गेरु वस्त्र लगाएको विषयलाई अन्यथा लिन नहुने बताए।

उक्त मन्दिरको प्रोटोकल पनि गेरु वस्त्र लगाउनैपर्ने रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहालले उज्जैनको महाकालेश्वर मन्दिर पुगेर गेरु वस्त्र धारण गरी विशेष पूजाअर्चना गरेका थिए।

प्रकाशित: Jun 05, 2023| 15:47 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्