मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिकता विधेयक फेरि सदनमा ल्याउनु अघिल्लो सदनको अपमान: प्रधानमन्त्री

नागरिकता विधेयक फेरि सदनमा ल्याउनु अघिल्लो सदनको अपमान: प्रधानमन्त्री

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सदनबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मिचिएको संविधानलाई ट्रकमा ल्याएको बताए। उनले भने, ‘एउटा राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हकमा आफ्नो दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिति थियो, खारेज गर्ने स्थिति थिएन। फेरि फिर्ता पठाउन पनि सम्भव थिएन। सदनले दुई दुई पटक पारित गरिसकेको विधेयक राष्ट्रपति कार्यालयको दराजमा राखिएको छ।’

फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको उनले बताए।

प्रकाशित: Jun 05, 2023| 15:14 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्