मंगलबार, भदौ १०, २०८२

विश्वप्रकाशले समन्वयकारी कुरा गरेपछि अघि बढ्यो संसद्

 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रश्नको जवाफ दिँदादिँदै होहल्ला भएपछि सत्तापक्ष र प्रतिपक्ष दुवै आवेगमा आएको बताएका छन्।
सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि उनले आवेग त्याग्न आग्रह गरे।

Kumaribank

'हामी दुवै पक्ष आवेगमा गएका छौं। सत्तापक्ष र विपक्षलाई विधेयकमा भएको विषयमा गम्भीर छलफल गरौं। आवेगलाई तिलाञ्जली दिऔं,' उनले भने, 'प्रधानमन्त्रीले संसद्को रोस्टममा बोल्दै गर्दा सही भएको छ भनेर उताबाट पनि कसैले भन्न सक्नुहुन्न।'

उनले नागरिकता विधेयकमा एमालेका सांसद सूर्य थापाले दिएको अभिव्यक्तिमा उनले संविधानले सभामुखको नाम नभएर सभामुख पदलाई चिन्ने बताए। 'उहाँले विलकुल सही कुरा उठाउनुभएको छ। तर, यसले सदनको सभामुखलाई चिन्छ। व्यक्तिलाई चिन्दैन,' उनले भने।

विश्वप्रकाशले बोलेपछि बैठक सहज ढंगले अगाडि बढेको छ। प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको उत्तर दिइरहेका छन्। त्यसअघि रोस्टममा पुगेका प्रम एमाले सांसद सूर्य थापा उठेपछि रोकिएका थिए। प्रमलाई रोस्टममै रोकेर केही समय सत्ता पक्ष र विपक्षी सांसदहरु जुहारी खेल्न थालेका थिए।  

सभामुख देवराज घिमिरेले संसद्‍मा दोहोरी खेलेर समस्या समाधान नहुने पटक पटक दोहोर्‍याएका थिए। 'संसद्‍मा दोहोरी खेलेर समस्या समाधन हुँदैन माननीयज्यूहरू। अहिले प्रधानमन्त्रीजीलाई बोल्ने समय हो। उहाँले बोलेको कुरामा केही नियमापत्ति भए भन्नुस्। अन्यथा सदन सुचारु गर्न दिनुस्,' उनले भने। उनले दोहोरी खेलेर समस्या समाधान नहुने भन्दै संसद्‍को मर्यादा बुझ्न आग्रह गरे।

Metro Mart

प्रकाशित: Jun 05, 2023| 15:10 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्