सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्री बोल्न नपाउँदै सूर्य थापा उठेपछि बरालियो संसद्

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएपछि संसद् बरालिएको छ।

National life

सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए। त्यसैक्रममा सांसद सूर्य थापाले उठेर संविधानको धारा सुनाउन थाले। उनले नयाँ संसद् आएपछि पहिलाका विचाराधीन विषय निष्क्रिय हुने बताए।

उनले भने, 'यसमा प्रधानमन्त्रीले हाकाहाकी झुट बोलिरहनुभएको छ। संविधान विपरीत भयो खेद प्रकट गर्छु।' त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ दिइरहँदा नियमापत्ति भए प्रक्रियामा जान आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफलाई निरन्तरता दिएका थिए। त्यसपछि पुन: प्रतिपक्ष र सत्तापक्षका सांसदले होहल्ला गरेपछि प्रधानमन्त्रीले जवाफ दिने क्रम रोकियो।

त्यसपछि फेरि एमालेका सांसद रघुजी पन्तले नागरिकता विधेयकबारे कस्तो अवस्थामा विधेयक निश्कृय हुने र प्रमाणीकरणबारे संविधानको व्यवस्थाबारे सदनलाई जानकारी गराएका थिए। उनले भने,‘अहिलेको विधेयकमा यो अनुसार छ? यसलाई हिजोको अदालतको आदेशले पनि पुष्टि गरिसक्यो, त्यसैले यहाँ तपाईंले बहस गर्ने होइन। चुप लागेर बस्नुस्।’

 

प्रकाशित: Jun 05, 2023| 14:59 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्