मंगलबार, साउन ५, २०८३

प्रधानमन्त्रीलाई संसद्‍मा जवाफ दिन अवरोध

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसद्‍मा जवाफ दिन नपाउँदै हंगामा भएको छ। सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले जवाफ दिनै पाएनन्।

एमाले, रास्वपा र राप्रपाका सांसदे बेल घेराउ गरेर अवरोध गरेका छन्।  सभामुखले भने आपसमा दोहोरी नखेल्न आग्रह गरेका छन्।


नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिइरहेका बेला सुरूमा एमाले सांसदले उठेर अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीलाई बोल्न दिएका थिए।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड बोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि वादविवादमा उत्रिएका थिए।

प्रकाशित: Jun 05, 2023| 14:45 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्